एजेन्सी, १० असार । कन्नड फिल्म उद्योगका उदीयमान कलाकार सतिश वज्राको हत्या भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुई अपरिचित व्यक्तिले धारिलो प्रहार गरेर उनको हत्या गरेका हुन् ।

३२ वर्षीय वज्राको शव रगतले लतपतिएको शव उनको फ्ल्याटबाट भेटिएको थियो । कोठाबाट रगत निस्किएको देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।

सिसिटिभी क्यामेरामा दुई अज्ञात व्यक्तिले सतिशमाथि धारिलो हतियार प्रहार गरेको स्पष्ट देखिन्छ । उनकी श्रीमतीले केही महिनाअघि आत्महत्या गरेकी थिइन् ।

बदला लिएर हत्या गरेको आशंकामा प्रहरीले सतिशका जेठाजुलाई नियन्त्रणमा लिएको छ ।