बुल्गेरियामा पेटकोभ नेतृत्वको सरकार ६ महिनामै ढल्यो

एजेन्सी, ९ असार । बुल्गेरियामा किरिल पेटकोभ नेतृत्वको सरकार केवल ६ महिनामा ढलेको छ ।
प्रधानमन्त्री पेटकोभ नेतृत्वको सरकारको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । पेटकोभले संसदमा आफ्नो सरकारको पक्षमा बहुमत सावित गर्न सकेनन् ।
संसदमा रहेका २४० जना सांसदमध्ये १२३ जना सांसदले सरकारको विरुद्ध मत दिए भने पेटकोभको पक्षमा केवल ११६ मत खस्यो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


