फिफाको वरीयतामा नेपाल आठ स्थान तल

काठमाडौं, ९ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल आठ स्थान तल झरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल खस्किएको हो ।
नयाँ वरीयतामा ९५०.४५ अंक प्राप्त गरेको नेपाल १७६ औं स्थानमा छ । नेपाल अघिल्लोपटक १६८ औं स्थानमा थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ ।
नेपालभन्दा अघि भारत १०४ औं र माल्दिभ्स १५६ औं स्थानमा छन् ।
नेपालभन्दा तल भुटान १८६, बंगलादेश १९२, पाकिस्तान १९६ र श्रीलंका २०७ औं स्थानमा छन् । ब्राजिल १८३७.५६ अंकका साथ नयाँ वरीयताको शीर्ष स्थानमा छ ।
बेल्जियम, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, स्पेन , इटाली, नेदरल्याण्ड्स, पोर्चुगल र डेनमार्क क्रमशः दोस्रोदेखि दशौं स्थानमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


