म्यारोडोनाको निधनमा दोषी ठहरिएका स्वास्थ्यकर्मीमाथि मुद्दा दर्ता गरिने

एजेन्सी, ९ असार । अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधनमा दोषी ठहरिएका स्वास्थ्यकर्मीमाथि मुद्दा दर्ता गरिने भएको छ ।
म्यारोडोनाको निधनपछि गठन गरिएको छानबिन समितिले म्यारोडोनाको निधनमा आठ स्वास्थ्यकर्मी दोषी रहेको रिपोर्ट सार्वजनिक गरेको थियो ।
चिकित्सकहरुको एक विशेषज्ञ टोलीले स्वास्थ्यकर्मीहरुको लापरबाही र हेलचेक्र्याइँकै कारण म्यारोडोनाको निधन भएको रिपोर्ट सार्वजनिक गरेको थियो । दोषी पाइएका उनीहरू म्यारोडोनाको निधन अघि स्वास्थ्य सहयोगीको रुपमा कार्यरत थिए ।
जसमा म्याराडोनाको शल्यक्रिया गरेका डाक्टरदेखि उनको घरमा काम गर्ने नर्ससम्म छन् । म्यारोडोनाको मृत्यु सन् २०२० मा ६० वर्षको उमेरमा भएको थियो ।
अदालतले दोषी ठहर गरे उनीहरुले आठ देखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने छ । निधन अघि म्यारोडोनाले मष्तिस्कको शल्यक्रिया गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


