काठमाडौं, ९ असार । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ ।

उनी मधेस प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा काजमा रहेका थिए ।

दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन यादवलाई ट्रमाको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी निमित्त मेसुको जिम्मेवारी दिइएको छ ।

जिम्मेवारी सम्हाल्दै डा. यादवले ट्रमा सेन्टरलाई अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने बताएका छन् ।

आफ्नो अघिल्लो कार्यकालमा सुधारका धेरै प्रयास गरिएको भएपनि त्यसले मुर्तरुप नपाएको भन्दै यादवले यो कार्यकालमा अस्पतालको विकासको लागि पहल गर्ने बताए ।

उने बिरामीहरुको सहज पहुँच बिस्तार गर्दै अस्पतालको सेवालार्य थप गुणस्तरीय बनाउने प्रतिबद्धता जनाए ।