काठमाडौं, ८ असार । गायिका मेलिना राई र मणिसुन्दर लिम्बुको स्वर रहेको गीत ‘आकाश छुने’ सार्वजनिक भएको छ ।

साहित्यकार सुरेन्द्र महर्जन अमरको शब्द रहेको गीतमा पावल चाम्लिङ राईको संगीत छ ।

गीतको भिडियोमा अभिनेता यशराज गराज र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । रोशन कुमारको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाईको छायांकन र विनोद बमको सम्पादन छ ।

लोकशैलीमा रोमान्टिक थिममा तयार गीतको भिडियोमा भिडियोमा प्रेमकथा देखाइएको छ ।