नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्नीशोक

काठमाडौं, ८ असार । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्नीशोक परेको छ ।
बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीमा उपचारका क्रममा क्रममा बुधबार निधन भएको हो ।
प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । उपचारपछि निको भएको क्यान्सर फेरि देखिएको र उपचारका क्रममा निधन भएको नेमकिपाका नेता चैत्यराज शाक्यले जानकारी दिए ।
उनका दुई छोरा सुवेग र सुवान छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


