कार्लोस टेभेज रोसारियोको मुख्य प्रशिक्षकमा नियुक्त

एजेन्सी, ८ असार । अर्जेन्टिनाका पूर्व फरवार्ड कार्लोस टेभेज रोसारियो सेन्ट्रलको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अर्जेन्टीनाको शीर्ष डिभिजन क्लब रोसारियोले टेभेजलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।
३८ वर्षीय टेभेजले रोसारियोसँग एक वर्षको सम्झौता गरेका हुन् । पछिल्लो सिजन अर्जेन्टीनाको बोका जुनियर्सबाट खेलेका टेभेजले गत महिना खेल जीवनबाट संन्यास लिएका थिए ।
म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, युभेन्टस् जस्ता क्लबबाट फुटबल खेलेका उनले आफ्नो व्यवसायिक करिअरमा ७४६ खेल खेल्दै ३०८ गोल गरेका थिए । टेभेजले अर्जेन्टिनाका लागि ७६ खेलमा १३ गोल गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


