एजेन्सी, ८ असार । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गर्ने भएको छ ।

इन्टरले उनलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गर्ने भएको हो ।

इन्टरले ८ मिलियन युरोमा लुकाकुलाई लोनमा अनुबन्ध गर्न लागेको बिबिसीले जनाएको छ । लुकाकु गत वर्ष इन्टरबाटै क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सी फर्किएका थिए । उनी र चेल्सीबीच पाँच वर्षको सम्झौता भएको थियो ।

सन् १०१४ मा चेल्सी छाडेका लुकाकु एभर्टन, म्यानचेस्टर युनाइटेड हुँदै सन् २०१९ मा इन्टर मिलान पुगेका थिए । उनले यो सिजनमा चेल्सीका लागि २६ प्रिमियर लिग खेलमा ८ गोल गरे ।