इन्टर मिलानका मुख्य प्रशिक्षक सिमोनले गरे सम्झौता नवीकरण

एजेन्सी, ८ असार । इन्टर मिलानका मुख्य प्रशिक्षक सिमोन इन्जागीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
इन्टरले उनीसँगको सम्झौता दुई वर्ष थप गरेको हो । नयाँ सम्झौताअनुसार इन्जागी सन् २०२४ को जुनसम्म क्लबको प्रशिक्षण सम्हाल्नेछन् ।
इन्जागी सन् २०२१ मा एन्टोनियो कोन्टेको स्थानमा इन्टर भित्रिएका थिए । क्लबले बुधबार प्रशिक्षकको सम्झौता नवीकरण गरेको जनाएको हो ।
उनको नेतृत्वमा इन्टर इटालियन सिरी ‘ए’ मा उपविजेता बने पनि क्लबले सुपरकोपा इटालियना र कोपा इटालियाको उपाधि जितेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


