हजका लागि मदीना पुग्ने तीर्थयात्रीको संख्या १ लाख ७२ हजार ५६२

एजेन्सी, ८ असार । यसवर्ष हजका लागि मदीना पुग्ने तीर्थयात्रीहरुको संख्या १ लाख ७२ हजार ५६२ पुगेको साउदी अरबको सरकारी समाचार एजेन्सी एसपीएले जानकारी दिएको छ ।
हज तथा उमराह मन्त्रालयले सो तथ्यांक सार्वजनिक गरेको हो ।
तथ्यांकअनुसार प्रिन्स मोहम्मद बिन अब्दुलअजीज अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख ५६ हजार २ जना भित्रिएका छन् भने स्थल अध्यागमनबाट १३ हजार ९७ जना दर्ता गरिएका छन् ।
यसमध्ये इन्डोनेसियाबाट सर्वाधिक धेरै २४ हजार ४७८ जना रहेका छन् । यसबाहेक यसमा भारत, बंगलादेश, इराक र ईरानबाट आएका तीर्थयात्रीहरु पनि रहेका छन् ।
कोरोना महामारीका कारण हज यात्रामा प्रतिबन्ध लगाइएपछि यस वर्षदेखि फेरि तीर्थयात्रीहरुलाई स्वागत गर्न थालिएको हो । तर, यसपटक पनि स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरिने बताइएको छ ।
सन् २०१९ मा करिब २५ लाख तीर्थयात्रीले यसमा भाग लिएका थिए ।
–बीबीसी हिन्दी
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


