फिल्म ‘लू’ को सुटिङ मंसिरबाट सुरु हुने

काठमाडौं, ७ असार । फिल्म ‘लू’ को सुटिङ आउँदो मंसिरबाट सुरु हुने भएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको भगीनी संस्था कारो फिल्मस्ले फिल्म बनाउन लागेको हो ।
नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ को बिषयमा फिल्म बन्न लागेको हो । फिल्मका लागि कारो फिल्मस्ले आधिकारिक अनुमति लिएको छ ।
कारो फिल्मस्ले फिल्मको संगीतका लागि कालीप्रसाद बास्कोटालाई जिम्मा दिएको छ ।
यस बिषयमा फिल्मका निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटाबीच सम्झौता भएको छ । फिल्मको कलाकार र प्राविधिक पक्ष छनौटको क्रममा छन् । सबै छनौट भएपनि फिल्मको मुहूर्त गरिने निर्माण संस्था जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


