मंगलबार १९ नयाँ संक्रमित थपिए, १० जना संक्रमणमुक्त

काठमाडौं, ७ असार । नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७३१ जनाको पीसीआर परीक्षण गर्दा १४ र १ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने १० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७८६ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १२४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १२१ जना होम आइसोलेसनमा र ३ जना संस्थागत आइशोलेसनमा छन् भने १ जना आईसीयूमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


