काठमाडौं, ७ असार । बंगवन्धु बंगलादेश–नेपाल अन्तराष्ट्रिय रग्बी सिरिजअन्तर्गत पहिलो सेभेन ‘ए’ साइड खेलमा नेपाल पराजित भएको छ ।

ढाकामा मंगलबार भएको प्रतिस्पर्धामा नेपाल घरेलु टोली बंगलादेशसँग २०–० को स्कोरले पराजित भएको हो ।

नेपालले दुवै हाफमा समान १० स्कोर बेहोरेको थियो ।

बंगलादेशले खेलमा कुल ४ वटा ट्राई (विपक्षीको अन्तिम ट्राइ लाइनमा दौडेर बल पुर्याउने) हान्न सफल भयो । प्रत्येक ट्राईबाट ५ स्कोर दिइन्छ ।

बंगलादेशका लागि नदिम मेहमुदले दुई तथा सोहेल राना र अनवर जमानले एक÷एक ट्राई गरेका थिए ।

पुजन फेवाली, रामकृष्ण चौधरी र शेरबहादुर ओलीले नेपालका लागि रग्बी सेभेन ञएझ साइडमा अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् ।

नेपाल बंगलादेशबीच बुधबार फिप्टिन ‘ए’ साइडको एक खेल हुनेछ ।