महिला टी–२० च्याम्पियनसिपमा नेपालको पहिलो हार

काठमाडौं, ७ असार । एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले पहिलो पराजय बेहोरेको छ ।
नेपाल मंगलबार सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ११० रनको लक्ष्य हङकङले १५.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्याे ।
हङकङका लागि मारिको हिलले ३२ बलमा नौ चौकासहित सर्वाधिक ४५ रनको योगदान दिइन् ।
नताशा माइल्सले अविजित २८ र कप्तान केरी चानले १७ रन जोडे ।
यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३६ बलमा ४ चौकासहित अविजित रहँदै ३२ रनको योगदान दिइन् ।
विन्दु रावलले २३ र अप्सरी बेगमले अविजित २२ रन बनाए ।
हङकङका बेट्टी चानले दुई तथा एलिसा हुब्राड र मार्यम बिबीले एक/एक विकेट लिए ।
यो हारसँगै चार खेलमा ६ अंक जोड्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल समूह ञबीझको दोस्रो स्थानमा झरेको छ ।
यसअघि नेपालले भुटानलाई ५० र कुवेतलाई २५ रनले तथा बहराइनलाई आठ विकेटले हराएको थियो ।
यो जितसँगै आफ्नो विजयी यात्रालाई कायम राखेको हङकङ तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको हङकङले यसअघि भुटानलाई १४ तथा बहराइनलाई आठ विकेटले हराएको थियो ।
नेपाल शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्न अन्तिम खेलमा हङकङ कुवेतसँग फराकिलो अन्तरले पराजित हुनुपर्छ ।
हङकङ विजयी भएमा नेपाल समूहञबीझ को उपविजेताका रुपमा सेमिफाइनल खेल्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


