भरतपुर महानगरले गम्भीर प्रकृतिका दीर्घरोगीलाई उपचार खर्च उपलब्ध गराउने

चितवन, ६ असार । भरतपुर महानगरले गम्भीर प्रकृतिका दीर्घरोगीहरुलाई उपचार खर्च उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ ।
महानगरले एक सूचना जारी गर्दै औषधी उपचार खर्च उपलब्ध गराउनुपर्ने बिरामीको विवरण माग गरेको हो ।
संघीय सरकारले गरेको निर्णय अनुसार मिर्गाैला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार उपचार बापत खर्च उपलब्ध गराउन लागिएको हो ।
रकम दावीका लागि विरामीको विवरण, सिफरिस गर्ने डाक्टरको परिचय, बिरामीको परिचय पत्र, बैंक खाता लगायत माग गरिएको छ ।
अहिले ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपांग भत्ता लगायत सामाजिक सुरक्षा भत्ता नपाएकाले मात्रै मासिक ५ हजार उपचार खर्च पाउने जानकारी महानगरले दिएको छ । दोहोर भत्ता नपर्ने गरी विवरण पठाउन भनिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


