सोमबार २८ नयाँ संक्रमित थपिए, १० जना संक्रमणमुक्त

काठमाडौं, ६ असार । नेपालमा पछिल्लो २४ घण्टामा २८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा २० र २ हजार ५२ जनाको एन्टीजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने १० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७६७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार ३१० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १२० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ११७ जना होम आइसोलेसनमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


