एजेन्सी, ५ असार । स्पेनिस महारथी क्लब रियल मड्रिडका स्टार फरवार्ड करिम बेन्जेमाले सम्झौता नवीकरण गर्ने भएका छन् ।

उत्कृष्ट लयमा रहँदै यूइएफए च्याम्पियन्स लिगको उपाधि जिताएका उनले रियलसँग २०२४ सम्मका लागि सम्झौता गर्ने जनाइएको छ ।फ्रेन्च फरवार्ड बेन्जेमाको रियलसँगको सम्झौता २०२३ सम्म छ ।

३४ वर्षीय बेन्जेमा सन् २००९ मा लियोनबाट रियल भित्रिएका थिए । सय सिजन क्लबले ला लिगासहित च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

उनले रियलका लागि ४१५ खेलमा २१९ गोल गरेका छन् । यस्तै, बेन्जेमाले रियलबाट २१ मुख्य उपाधि जितेका छन् ।