काठमाडौं, ५ असार । नेपालमा पछिल्लो २४ घण्टामा २३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २५४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ७७३ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने १२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७३९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार ३०० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ जना होम आइसोलेसनमा छन् ।