भारतमा उडिरहेको विमानमा आगो लाग्यो

एजेन्सी, ५ असार । पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित अवतरण गरिएको छ ।
विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक एउटा भिडियोमा देख्न सकिन्छ ।
इन्जिनलाई बन्द गरेर सुरक्षित अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् । विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ ।
विमानमा १८५ यात्रु थिए । कोही पनि यात्रु घाइते नभएका प्राप्त विवरणहरूमा जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


