युक्रेनी बमबारीमा ५ सर्वसाधारणको मृत्यु, १२ जना घाइते

एजेन्सी, ५ असार । पूर्वी पृथकतावादी सहर दोनेत्स्कमा युक्रेनी बमबारीमा पाँच सर्वसाधारणको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।
‘युक्रेनी सेनाले गरेको बमबारीबाट दोनेत्स्क जन गणतन्त्रमा पाँच सर्वसाधारण मारिनुका साथै १२ जना घाइते भएका छन’, स्थानीय अधिकारीले टेलिग्राममा पोस्ट गरेको एक विज्ञप्तिमा भनिएको छ ।
दोनेत्स्क पूर्वी युक्रेनस्थित दोनबास कोइला क्षेत्रमा स्व–घोषित डोनेत्स्क गणतन्त्रको वास्तविक राजधानी हो । सन् २०१४ देखि आंशिक रूपमा रुस समर्थक पृथकतावादीद्वारा नियन्त्रित उक्त क्षेत्र युक्रेन र रूसी सेनाहरू बीच भयंकर लडाइको विषय भएको छ । ‘आज बिहानदेखि, शत्रुको ठूलो बम बारीले गणतन्त्रको राजधानीलाई निशाना बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


