गायक नवीन के भट्टराईले एकै हप्तामा दुई नयाँ गीत बजारमा ल्याए

काठमाडौं, ४ असार । गायक नवीन के भट्टराईले एकै हप्तामा दुई नयाँ गीत बजारमा ल्याएका छन् ।
भट्टराईले ‘केही गर्न जान्दिनँ’ र ‘आगो सल्किन्छ’ बोलका दुई नयाँ गीत सार्वजनिक गरेका हुन् ।
फरक सांगीतिक स्वादसहित सार्वजनिक गरिएका गीतलाई गायक भट्टराईले आफ्नै अिफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक दुवै गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् ।
सार्वजनिक गीतमध्ये ‘केही गर्न जान्दिनँ’ बोलको गीतमा गायक स्वयंमकै शब्द तथा संगीत सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा गायक स्वयंसहित रवि राजबाहक, एलिना केसी, ममता माझी, रञ्जु सुनाम, अश्मी विक लगायतको पनि अभिनय रहेको छ । रुपेश थापाले छायाङ्कनमा बनेको भिडियोलाई विजेश पौडेलले सम्पादन गरेका हुन् ।
यस्तै ‘आगो सल्किन्छ’ बोलको गीतमा भने भट्टराईको स्वर तथा संगीतमा मात्र सुन्न सकिन्छ । उक्त गीतको शब्द भने नविन गौतमले लेखेका हुन् । मोहित मुनालको एरेन्जमा तयार गीतमा रवि राजबाहक र विजिना राजभण्डारी सहितको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन तथा विकास धमलाको सम्पादन रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


