एजेन्सी, ४ असार । अफगानिस्तानको राजधानी काबुलको प्रसिद्ध गुरुद्वारा परवानको परिसरमा शनिबार बिहान शक्तिशाली हमला भएको खबर छ ।

आक्रमण कसले गराएको हो भन्ने अझै खुल्न सकेको छैन । तर यो आक्रमण आईएसका अतिवादीले गरेको हुन सक्ने आशंका गरिएको छ ।

अफगान गृह मन्त्रालयका प्रवक्ता ताकुरका अनुसार गुरुद्वारामा कार बम हमला भएको हुनसक्छ । आक्रमणपछि आकाशमा धुवाँको मुस्लो उठेको देखिएको छ ।

यसै क्रममा यस गुरुद्वाराका अध्यक्ष गुरनाम सिंहले समाचार एजेन्सी रोयटर्सलाई गुरुद्वाराको परिसरमा करिब ३० जना फसेको बताएका छन् ।

यद्यपी मृतकको यकिन संख्या भने आउन सकेको छैन । गुरनाम सिंहले तालिबान शासनले कसैलाई पनि परिसरमा प्रवेश गर्न नदिने बताएको छ ।