पोखरा, ४ असार । पोखरामा १४औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन सम्पन्न भएको छ । भेटेरिनरी एशोसिएसनले सम्मेलनको आयोजना गरेको थियो ।

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले कार्यक्रमको उद्घाटन गरेका थिए ।

सम्मेलनमा भारत, श्रीलंका, बंगलादेशलगायत सार्क राष्ट्रका भेटेरिनरी एशोसिएसनका प्रतिनिधि सहभागी थिए ।

सम्मेलनमा पशु चिकित्सा र स्वास्थ्य, पशुपन्छी तथा मत्स्य उत्पादन र व्यवस्थापन, जलवायु परिर्वतन र पशुपालन क्षेत्रको आर्थिक तथा सामाजिक प्रभावमा छलफल भएको छ ।

सम्मेलनमा ६९ वटा वैज्ञानिक कार्यपत्रहरुमा विशेष छलफल गरिएको हो । सम्मेलनमा पशु विज्ञान र मत्स्य क्षेत्रमा क्रियाशील वैज्ञानिक, पशुचिकित्सक, प्राध्यापक, अनुसन्धानकर्ता र उद्यमी कृषक गरी ४०० को सहभागिता रहेको थियो ।