शनिबार १४ नयाँ संक्रमित थपिए, ११ जना संक्रमणमुक्त

काठमाडौं, ४ असार । नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ११ र ९४४ एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १०४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६५ हजार २७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


