एजेन्सी, २ असार । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले २०२२–२३ को सिजनको खेल तालिका बिहीबार सार्वजनिक गरेको हो ।

प्रिमियर लिगको नयाँ सिजन ५ अगस्टबाट सुरु हुनेछ । पहिलो खेलमा आर्सनले क्रिस्टल प्यालेसको सामना गर्नेछ ।

साविक विजेता म्याचेस्टर सिटीले ७ अगस्टमा वेस्ट ह्यामसँगको खेलबाट सिजनको सुरुवात गर्नेछ । साविक उपविजेता लिभरपुलले ६ अगस्टमा फुलहमसँग पहिलो खेल खेल्नेछ ।

म्याचेस्टर युनाइटेडले ब्राइटन, चेल्सीले एभर्टन तथा टोटेनहमले साउथह्यामटनसँगको खेलबाट सिजनको सुरुवात गर्नेछन् ।