पिएसजीविरुद्ध यूइएफएमा उजुरी

एजेन्सी, २ असार । स्पेनिस ला लिगाले इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध युरोपियन फुटबलको सर्वोच्च निकाय (यूइएफए) मा उजुरी दर्ता गरेको छ ।
‘फाइनान्सियल फेयर प्ले’ को नियम उलंघन गरेको भन्दै ला लिगाले सिटी र पिएसजीविरुद्ध यूइएफएमा उजुरी दर्ता गरेको हो । ला लिगाले विश्व फुटबलमा उनीहरुले कृत्रिम रूपमा बजार बढाउने काम गरिरहेको आरोप लगाएको छ । यसले फुटबलमा विकासको दिगोपनलाई असर गर्ने ला लिगाको भनाइ छ ।
पछिल्लो समय केलियन एमबाप्पे र एर्लिङ हालान्ड अनुबन्धको विषयमा ला लिगा रुष्ट बनेको छ । यी दुवैको अनुबन्धका लागि ला लिगा क्लब रियल मड्रिड प्रयासरत थियो । तर, अन्तिम समयमा एमबाप्पेले पिएसजीमै बस्ने निर्णय गर्दा हालान्डलाई सिटीले अनुबन्ध गरेको थियो ।
पिएसजीले एमबाप्पेलाई राम्रो रकमका साथ क्लबमै राख्न राजी गराउँदा सिटीले हालान्डलाई ५१.२ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


