काठमाडौं, २ असार । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि हुने भएको छ ।

कार्यालयले एक सूचना जारी गरी सेमेष्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह तेस्रो सेमेष्टर (नियमित, आंशिक तथा मौका) परीक्षा साउन १६ गतेदेखि सञ्चालन हुने जनाएको हो ।