बालबालिकालाई लगाउने फाइजर खोप आइतबार नेपाल आइपुग्ने

काठमाडौं, २ असार । ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने कोरोनाविरुद्धको फाइजर खोप आगामी आइतबार नेपाल आइपुग्ने भएको छ ।
पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका रहेको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगिसकेको चौरासियाले जानकारी दिए ।
चौरसीयाले खोपलाई भण्डारण गरेर नराखिने भन्दै खोप आउने बित्तिकै विमानस्थलबाट वितरण गर्ने बताए । असारको ८/९ बाट नै बालबालिकालाई खोप लगाउन सुरु गरिने उनले बताए ।
नेपालले कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज निःशुल्क पाएको हो । यसभन्दा अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अरब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


