‘बर्जर मिस ग्ल्यामर’ फेसन शो सम्पन्न

काठमाडौं, १ असार । ‘मिस नेपाल २०२२’ का २४ प्रतियोगी विषेश फेसन शोमा प्रस्तुत भएका छन् ।
बर्जर पेन्ट्स नेपालद्वारा आयोजित ‘बर्जर मिस ग्ल्यामर’ नमक फेसन शोमा उनीहरुले विभिन्न फेसनका आकर्षक डिजइन प्रस्तुत गरेका थिए ।
होटल ¥याडिसनमा आयोजित फेसन शो नेपालमा सन् २००० देखि रङ्गको उत्पादन गर्दै आएको बर्जर पेन्ट्स नेपालले द हिडन ट्रेजरसँगको सहकार्यमा आयोजना गरेको थियो । शोमा मिस नेपाल प्रतियोगी सुन्दरीले डिजाइनरद्वय मुकु बुटिकका मुक्तीका श्रेष्ठ, मनिष राई र कासाद्वारा डिजाइन गरिएका बर्जर सिल्कइलुजनका मेटालिका र नन–मेटालिका डिजाइन र्याम्पमा प्रस्तुत गरेका थिए ।
रचना गुरुङको कोरियोग्राफी रहेको शोमा २४ प्रतियोगी ८/८ जना गरी तीन समूहमा विभाजन भएका थिए । पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयरउत्कृष्ट डिजाइन प्रस्तुत गरिएको शोमा, दोस्रो चरणमा कासाबाट डिजाईन गरिएको फर्मल्ली फर्मल डिजाइन र तेस्रो चरणमा मनिष राईकोे ग्लिट्जिइभनिङ पार्टी वेयर डिजाइनहरु प्रस्तुत गरियो ।
कार्यक्रमको शो टपरको रुपमा ‘मिस नेपाल वर्ल्ड २०१९’ की विजेता अनुष्का श्रेष्ठ सहभागी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


