एजेन्सी, १ असार । तेहरानमा जन्मदिनको भोज आयोजना गर्ने एउटा भूमिगत रेस्टुरेन्टमा आगलागी हुँदा धुवाँको मुस्लोबाट ८ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये चार जना बालबालिका रहेको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ ।

तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले भने, ‘सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको छ । ’काउन्टी अभियोजक हमिद असगरीले आगो रेस्टुरेन्टमा तीब्र फैलिएको बताए ।