एजेन्सी, १ असार । भारतको दिल्लीमा ममको डल्लो घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।

मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मोमो खाइरहेका थिए । खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए ।

पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा ममको डल्लो अड्किएको फेला परेको थियो । डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका थिए ।

मम अड्किँदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन् । उनको मृत्युको कारक मम पुष्टि भएपछि अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतमा सडक पसलदेखि उच्चस्तरीय रेष्टुरेण्टहरूमा पाइने ममलाई ‘होशियारीसाथ निल्न’ भनेको छ ।