सुर्खेत, ३१ जेठ । वीरेन्द्रनगरमा चलचित्र कार्यशालाको आयोजना गरिने भएको छ ।

चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुप प्रालिको आयोजनामा ८ दिने ‘कर्णाली प्रदेश चलचित्र कार्यशाला’को आयोजना गरिने भएको हो ।

उक्त कार्यशालामा चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायांकन, सम्पादन र अभिनयजस्ता विविध विधामा प्रशिक्षण दिइने केबी इन्टरटेनमेन्टका अध्यक्ष भुपेन्द्रकुमार खड्काले जानकारी दिए ।

चलचित्र कार्यशाला असार १० देखि १७ गतेसम्म चल्नेछ । कार्यशालामा सहभागिताका लागि आयोजक संस्थाले आह्वानसमेत गरेको छ ।

कार्यशालामा कर्णालीका दशवटा जिल्लाबाट सम्बन्धित क्षेत्रमा रुचि भएका दुई÷दुईजना सहभागी रहने खड्काले जानकारी दिए ।

यसका लागि प्रशिक्षार्थीले २ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।