एजेन्सी, ३१ जेठ । भारतको तमिलनाडूमा एक नवविवाहित जोडीको हत्या भएको छ ।

राज्यको कुम्बकोनम नजिक सोमबार साँझ एक नवविवाहित अन्तरजातीय जोडीको हत्या भएको छ ।

प्रहरीका अनुसार ती महिला एकजना आफन्तसँगको सम्बन्धमा थिइन् । तर, उनले अर्कै पुरुषसँग विवाह गरिन् । श्रीमान् अति पिछडिएको जातिको रहेको बताइएको छ । प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको छ ।

हत्या गरेको अभियोगमा महिलाका भाइ र आफन्तसहित दुईजना पुरुषलाई पक्राउ गरेको छ ।