एजेन्सी, ३१ जेठ । अब फुटबल खेलका क्रममा पाँच खेलाडी परिवर्तन गर्न पाइने भएको छ ।

कोरोना महामारीपछि लागू गरिएको पाँच खेलाडी परिवर्तनको नियमलाई फिफाले स्थायी बनाएको हो ।

फुटबलको नियम नियन्त्रण गर्ने निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले पाँच खेलाडी परिवर्तनको नियमलाई स्थायीरूपमा मान्यता दिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले कोरोनाका कारण रोकिएको फुटबल पुनः सुरु भएपछि पाँच खेलाडी परिवर्तनको नियम बनाएको थियो । २०२२/२३ को सिजन सुरु हुनुअघि यसलाई पूर्ण रूपमा स्थायी नियम बनाइने छ ।

यसअघि फुटबलमा तीन खेलाडी परिवर्तन सकिने नियम थियो । यस्तै, फिफाले यही विश्वकपबाट सेमि अटोमेटेड अफसाइड टेक्नोलोजी प्रयोगमा ल्याउने तयारी गरेको छ ।

विश्वकप आगामी २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म कतारमा हुनेछ ।