आइसिसीले क्यानमाथि लगाउँदै आएको कन्ट्रोल फन्डिङ फुकुवा

काठमाडौं, ३१ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाउँदै आएको कन्ट्रोल फन्डिङ फुकुवा गरेको छ ।
क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको जनाकारी दिएको हो ।
कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आइसिसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


