काठमाडौं, ३० जेठ । चर्चित गायिका इन्दिरा जोशी मंगलबार विवाह बन्धनमा बाँधिदै छिन् ।

उनले प्रेमी शरद केडियासँग लगनगाँठो कस्न लागेकी हुन् । आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै उनले विवाह जानकारी दिएकी थिइन् ।

आइतबार नै उनको विवाह अगाडि गरिने हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको र त्यो एकदमै राम्रो भएको उनले सामाजिक संजालबाट जानकारी दिएकी छन् ।

‘मेरो बगैँचामा हल्दी कार्यक्रम आयोजना भयो । हामीले यसलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौँ,’ उनले भनेकी छन्, ‘धेरै सन्देश र शुभकामना प्राप्त गर्दैछु । माया र आशीर्वादका लागि सबैलाई धन्यवाद ।’

केही समय अघि उनले हेलिकोप्टर मार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।