भारतको आन्ध्र प्रदेशमा बस दुर्घटना, ३ बालबालिकासहित ५ जनाको मृत्यु

एजेन्सी, ३० जेठ । अल्लुरी सीताराम राजु जिल्लामा यात्रु बोकेको एक निजी बस पल्टिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।
यो दुर्घटना सोमबार बिहान चिन्तूरको एडुगुराल्लापल्लीमा भएको हो । सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनाका बेला बसमा ४० यात्रु सवार थिए ।
घटनामा पाँच जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । घाइतेहरूलाई भद्रचलम एरिया अस्पतालमा लगिएको छ । मृत्यु हुनेमा २४ वर्षीय धनेश्वर दलपती, ५ वर्षीय जितु हरिजन र २ वर्षीय सुनेना हरिजनको परिचय खुलेको बताइएको छ । घाइतेहरुको पहिचान ओडिशा निवासी भएका बताइएको छ ।
प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र थप विवरणहरू आउन बाँकी रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


