काठमाडौं, ३० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६ जनाको पीसीआर परीक्षण गर्दा ९ र १ हजार १२५ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन भने १३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६१५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार २१७ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् ।