एजेन्सी, ३० जेठ । रसियन टेनिस खेलाडी डानिल मदभेदेव सर्बियाका नोभाक जोकोभिचलाईपछि पार्दै विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।

जाकोभिच तेस्रो स्थानमा झर्दा जर्मनका एलेक्जान्डर ज्भेरेभ दोस्रो स्थानमा उक्लिएका छन् ।

सन् २००३ को नोभेम्बरपछि जोकोभिच, राफेल नाडाल, रोजर फेडेरर र एन्डी मुरे मभ्ये एक खेलाडी पनि शीर्ष दुईमा नपरेको यो पहिलोपटक हो ।

फेब्रुअरीमा छोटो समयका लागि भए पनि मेदभेदेव १८ वर्ष पछि जोकोभिच, नाडाल, फेडेरर र मुरे बाहेक शीर्ष वरियतामा पुग्ने पहिलो खेलाडी बनेका थिए ।

शीर्ष स्थानका मेदभेदेवले ७९५० अंक प्राप्त गर्दा दोस्रो स्थानका ज्भेरेभको ७०७५ अंक छ । जोकोभिच ६७७०, नाडाल, ६५२५ र कास्पर रुड ५०५० अंकका साथ तेस्रो देखि पाँचौं स्थानमा छन् ।