स्विट्जरल्यान्डलाई हराउँदै स्पेनले युएईएफए नेसन्स लिगमा पहिलो जित निकाल्यो

एजेन्सी, २७ जेठ । स्विट्जरल्यान्डलाई १–० ले हराउँदै स्पेनले युएईएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ । गएराति भएको खेलमा स्पेनको जितमा पाब्लो सरवियाले निर्णायक गोल गरे ।
उनले १३ औं मिनेटमा मार्कोस लोरेन्टेको पास सदुपयोग गरेका थिए । बाँकी समयमा दुवै टोलीले गोल गर्न नसक्दा स्पेनले १–० को जित पायो ।
प्रतियोगितामा तीन खेल खेल्दा स्पेन ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पराजित स्विट्जरल्यान्डले तीन खेलबाट अंक जोड्न सकेको छैन । ऊ तालिकाको पुछारमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


