माल्दिभ्स भलिबल लिगमा कामनासम्मलित पुलिस उपविजेता

काठमाडौं, २७ जेठ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित टोली पुलिस क्लब माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा उपविजेता बनेको छ ।
माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा गएरातिको फाइनलमा क्लब वाम्कोसँग ३–० को सोझो सेटमा पराजित हुँदै पुलिस उपविजेता बनेको हो ।
पुलिसले खेल २०–२५, १७–२५ र १२–२५ ले गुमाएको हो । वाम्को पहिलो सेमिफाइनलमा पुलिसलाई नै ३–२ को सेटमा पराजित गर्दै फाइनल पुगेको थियो ।
पुलिसले तेस्रो सेमिफाइनलमा क्लब इगल्सलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


