नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने

काठमाडौं, २७ जेठ । नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण गर्ने घोषणा गरिएको हो । एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म बनाउन लागेको हो ।
सन्तोष अधिकारी फिल्म्स् र अमारियाको प्रोडक्सनको संयुक्त निर्माणमा बन्ने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारीलगायतको अभिनय रहनेछ ।
देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्मले नेपालबाट अस्ट्रेलिया जाने नेपालीको कथालाई बोल्नेछ । सन्तोष अधिकारी निर्माता रहेको फिल्ममा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अञ्जना अधिकारी, तृष्णा गुरुङलगायत सह–निर्माता छन् ।
अस्ट्रेलियामा छायांकन हुने फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् । कथामा चे शंकरको पटकथा छ । फिल्ममा अस्ट्रेलियन छायांकार रायको छायांकन, मनोरन्जन श्रेष्ठको सम्पादन, अजयकुमार अधिकारीको गीत, सुरेश राई र सन्तोष मिश्रको संगीत छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


