काठमाडौं, २७ जेठ । संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्ममा ९ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले ०७८ साउनदेखि ०७९ वैशाख मसान्तसम्मको अवधिमा सो रकम खर्च गरेको हो ।

यस अवधिमा चालूतर्फ ७ खर्ब १६ अर्ब ८७ करोड, पुँजीगततर्फ १ खर्ब १८ अर्ब २७ करोड र वित्तीय व्यवस्था अन्तर्गततर्फ ७३ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।

चालू आर्थिक वर्षको पहिलो १० महिनामा संघीय सरकारको कुल राजस्व ८ खर्ब ६५ अर्ब ७० करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकम समेत) परिचालन भएको छ ।

यसमध्ये कर राजस्वतर्फ ७ खर्ब ९९ अर्ब ६६ करोड रुपैयाँ र गैर कर राजस्व तर्फ ६६ अर्ब ४ करोड रुपैयाँ परिचालन भएको छ ।

सोही अवधिमा संघीय सरकारले ट्रेजरी बिलमार्फत ७५ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड रुपैयाँ र नागरिक बचतपत्रमार्फत ९७ करोड रुपैयाँ परिचालन गरी जम्मा १ खर्ब ३० अर्ब ४७ करोड आन्तरिक ऋण परिचालन गरेको छ ।