काठमाडौं, २७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१५ जनाको पीसीआर परीक्षण गर्दा ७ र १ हजार १५५ जनाको एन्टीजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन भने ७ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५६४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार १८१ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् ।