नीताको ‘ह्रस्व दीर्घ’ मा अभिनेता अलीको पनि अभिनय रहने

एजेन्सी, २६ जेठ । अभिनेत्री नीता ढुङ्गानाको फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनेता मोहम्मद अलीको पनि अभिनय रहने भएको छ ।
तेलेगु फिल्मका चर्चित अभिनेता अली फिल्मका लागि अनुबन्धित भएको निर्माण युनिटले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
अली तामिल र तेलुगु भाषामा निर्माण हुने फिल्मका चर्चित कलाकार हुन् । फिल्ममा केही अगाडि भारतीय अभिनेता प्रदीपराज रावत र ‘पुष्पा’ का भिलेन सुनिल बर्मा पनि अनुबन्धित भएका थिए ।
नीताले आफ्नै फिल्म प्रोडक्सन नीता फिल्मस्को तर्फबाट यो फिल्म बनाउन लागेकी हुन् । बलिउड छायांकार कबिर लालको छायांकन रहने फिल्ममा अभिनेता हरिहर अधिकारी र नीता ढुङ्गानाकै मुख्य भूमिका रहनेछ । फिल्म ‘ह्रस्व दीर्घ’ लाई चन्द्र पन्तले निर्देशन गर्न लागेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


