एजेन्सी, २६ जेठ । परीक्षणकालिन औषधिबाट पूर्ण रूपमा क्यान्सर निको भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको समाचार अनुसार पहिलो पटक औषधिबाट क्यान्सर पूर्ण रूपमा निको भएको हो ।

टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार १८ जनामा गरिएको परीक्षण सफल भएको हो ।

‘डोस्टार्लिम्याब’ नाम दिइएको औषधिको प्रयोगमा १८ जनाको समूहलाई ६ महिनादेखि राखिएको थियो । ६ महिनापछि ट्यूमर शरीरमा नपाइएको जनाइएको छ ।

यो सफलता कोशेढुङ्गा सावित हुने अनुसन्धाताहरूले दाबी गरेका छन् । अनुसन्धानकर्ता डा. आन्द्रे चेर्सेकले क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरूको सपना पूरा भएको बताए ।

अनुसन्धानमा सहभागी क्यान्सर पीडित कसैले पनि केमोरेडियोथेरापी वा कुनै अपरेशन नगरेको बताइएको छ ।

त्यसो हुँदा पनि ६ देखि २५ महिनासम्म रोग बढेको वा ट्यूमर बढेको नपाइएको हो । बरु ट्यूमर शरीरबाट हराएको हो ।