नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य गौचन ट्यालेन्ट हन्टका लागि प्रदेश दौडाहामा

काठमाडौं, २६ जेठ । नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य शक्ति गौचन ट्यालेन्ट हन्टका लागि प्रदेश–१ र मधेस प्रदेश पुगेका छन् । उनले बिहीबार समाजिक सञ्जालमार्फत कार्यक्रमका लागि प्रस्थान गरेको जनाकारी दिएका हुन् ।
उनी ट्यान्ट हन्ट ‘मेची–महाकाली’ कार्यक्रमका लागि त्यहाँ पुगेका हुन् । यसबाट यु–१८, यु–१६ र यु–१४ का खेलाडी छनोट गरिनेछ ।
यसको सुरुवात प्रदेश–१ को झापाबाट हुनेछ । कार्यक्रममा दमकस्थित प्याट्रिओटिक क्रिकेट टेनिङ सेन्टममा जेठ २८ र २९ गते विहान ८ बजे देखि दिउँसो १२ बजे सम्म सञ्चालन गरिनेछ ।
त्यस्तै, यो कार्यक्रम जेठ ३० र ३१ गते विराटनगरस्थित विराटनगर क्रिकेट क्लब तथा एकेडेमीमा विहान ८ बजे देखि १२ बजेसम्म हुनेछ ।
विराटनगरपछि यो कार्यक्रम मधेश प्रदेशको सर्लाहीको ललाबन्दीस्थित जुटपानी युवा क्लबमा असार ३ र चार गते विहान ८ देखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ ।
ट्यालेन्ट हन्ट कार्यक्रममा १८ वर्ष मुनिका बाल बालिकाले सहभागिता जनाउन पाउनेछन् । रुपन्देहीमा रहेर उमेर समूहको विकासमा विगत केहि वर्ष देखि काम गरिरहेका गौचनले यो कार्यक्रम देशव्यापी बनाउन लागेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


