अर्जेन्टिनी फुटबल स्टार मेस्सी टिभी सिरियलमा देखिने

एजेन्सी, २६ जेठ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी टिभी सिरियल लस प्रोटेक्टोरेसको दोस्रो सिजनमा देखिने भएका छन् ।
उनले यो श्रृंखलामार्फत समर्थकहरुलाई थप उत्साहित पार्ने आशा लिएका छन् ।
हाल पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवसायिक फुटबल खेलिरहेका मेस्सी गत सिजन फ्रेन्च क्लबमा अनुबन्धित भएका थिए ।
फुटबलमा चर्चा कमाएका मेस्सी पहिलो पटक टेलिभिजन श्रृंखलामा देखिन लागेका हुन् । उनले यसअघि पेप्सी, लेज पोटेटो, एडिडासजस्ता ठूला ब्रान्डका विज्ञापनमा भने अभिनय गरिसकेका छन् ।
उनी अर्जेन्टिनाको चर्चित टेलिभिजन श्रृंखला लस प्रोटेक्टोरेसको छोटो भूमिकामा देखिने छन् । ड्रामामा मेस्सीले खेल्ने सिनको सुट भइसकेको छ । उनले यो सुट केही दिनमा नै सकेका थिए ।
विश्व प्रख्यात फुटबलर मेस्सीलाई स्टेजमा प्रोड्युसर आफैले ल्याएका थिए । उनले खेलेको श्रृंखला सन् २०२३ मा मात्र हेर्न पाइनेछ । मेस्सीको सिन पेरिसमा सुट गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


