१२ देखि १७ वर्षसम्मकालाई शुक्रबारदेखि बुस्टर डोज दिइने

काठमाडौं, २६ जेठ । सरकारले १२ देखि १७ वर्षसम्मका लागि कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय जेठ २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो ।
१२ देखि १७ वर्षसम्मका व्यक्तिलाई सरकारले पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोज शुक्रबारबाट सञ्चालन गरिने बताए ।
‘१२ देखि १७ बर्षसम्मका बुस्टर डोज मोडना तथा फाइजर जुन लगाएपनि हुन्छ,’ दाहालले भने,’ पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यलयमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छौं ।’
फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । महाशाखाका अनुसार बुस्टर डोज लगाउन भने दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


